जितहारलाई स्वाभाविक रुपमा लिनुपर्छ – मतदानपछि प्रचण्डको प्रतिक्रिया

`

     २०७९ वैशाख ३० गते ८:१६
  • 2
    Shares

काठमाडौं, बैशाख ३० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मतदान गरेपछि निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले चितवनबाट मतदान गरेका हुन् । मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै अध्यक्ष प्रचण्डले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको बताए ।

माओवादी अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् । रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?