जापानी राजदूत र राष्ट्रपतिबीचको बिदाइ भेट

  • Avatar
    admin

    February 23, 21 10:46 am

  • Comments

काठमाडौँ, ११ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि जापानी राजदूतले विदाई भेट गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत मासामिची साइगोले विदाई भेट गरेका हुन् ।

Advertisement

उक्त अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।