जापानी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितिन्

  • Avatar
    admin

    September 13, 20 3:47 am

  • Comments

काठमाडौं, २८ भदौ। न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् ।

Advertisement

नाओमी ओसाकाले बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेकी थिइन् । त्यस्तै उनले २०१९ मा अष्ट्रेलियन ओपनको उपाधि समेत जितेकी थिइन् ।

पहिलो सेट ६–१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६–३ , ६–३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेकी हुन् ।

advertisement

सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाइन् ।