जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • Avatar
    admin

    April 7, 21 6:15 am

  • Comments

कपिलवस्तु, २५ चैत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका–५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उनले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो ।

त्यसैगरी झापामा पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।