जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त

  • Avatar
    admin

    June 11, 21 6:30 am

  • Comments

काठमाडौँ, २८ जेठ । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ ।

Advertisement

ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विश्वासको मत दिएको भन्दै पार्टीले साधारण सदस्यसमेत नहरने गरी पार्टीबाट पदमुक्त गरेको हो ।

आज बस्ने प्रदेशसभाको बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने जनमोर्चाको तयारी छ । सांसद थापा यसअघि पनि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए । तर, सर्वोच्च अदालतले उनलाई पुर्नबहाली गरेको थियो ।