१० मङ्सिर, काठमाडौँ। जनगणनामा छुटपुट भएका घरले ‘११७८’ मा कल गरेर गुनासो टिपाए गणक सो घरमा आउने भएका छन् । आफ्नो घरमा गणक नआएको गुनासो आएमा गणकलाई सो घरमा पठाइने भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यो काम ४र५ दिनसम्म जारी रहने छ । यस हिसाबले कात्तिक ९ सम्मको अवधि राखेर विवरण लिइने भएको छ ।