August 22, 20 6:45 am
सिङ्गो यो दुनियाँ रुँदै छ ममता बोकेर एकातिर
लाँदै छन् कविको हरे शव उता बाजा थियो ट्यारर
कोही सुस्त भएर शोक मनले भोको भएझैँ थियौँ
यो धर्ती सब शून्य पारि कवि जी छोडेर एक्लै गयौ।
पानी एक समान चाल गतिले एकतिर पर्यो अनि
हावा बन्द भयो गयो इहलीला आगो र पानी बनी
आर्यघाट रुयो रुयो वन नदी रोयो त मेरो मन
सिङ्गो देश रुँदै छ आज कवि जी धिक्कार नमानीकन ।
छन् राम्रा कविता र काव्य रसिला भन्छन् कुनै पाठक
यो धर्तीसँग मेल खान्छ पनि रे भन्छन् कोही सर्जक
बोल्नै सक्दिन आज सुन्छु अरूको त्यो बात सुन्दै अनि
पोलेको शव हेर्छु एकटकले बोल्छन् कि बोले भनी ।
आमाले पनि आँसु थाम्न नसकी आकाश नै बर्सियो
ती हाम्रा कवि रत्न एक पलमै हेर्दा छ जे देखियो
त्यस्तै होस् बरु मृत्यु भन्छ एकले सुन्दै छु अर्कोतिर
मर्नै पर्छ अवश्य एक दिन ता भन्दै थियो आखिर ।
यौटा सर्जक मर्छ आखिर यहाँ बाँचेर पो हुन्छ के?
अर्को भन्छ मरेर जान्छ उसको त्यो सिर्जना बाच्छ को?