चीन हाम्रो महत्वपूर्ण साझेदार मुलुक हो : जबिउल्लाह मुजाहिद

`

सर्बोच्च संवाददाता

एजेन्सि, १८ भदौ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् ।

Advertisement

बिहीबार प्रकाशित भएको एक अन्तर्वार्तामा मुजाहिदले भनेका छन्, ‘चीन हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक हो । हाम्रो लागि उसले अवसर दिन गइरहेको छ । चीन अफगानिस्तानमा लगानी र निर्माणको लागि तयार छ ।’

उनले थपे, ‘न्यु सिल्क रोड वा वान बेल्ट वान रोडले चीन, अफ्रिका, एसिया र युरोपलाई जोड्नेछ । यो कार्यक्रममा बन्दरगाह, रेलवे, सडक र औद्योगिक पार्क बन्नेछन् ।’

३१ अगष्टबाट अफगानिस्तानबाट सबै विदेशी सैनिक फिर्ता गइसकेका छन् र तालिबानले सरकार बनाउने प्रक्रिया सुरु गरेको छ । अहिले अफगानिस्तान आर्थिक र खाद्य संकटको सामना गरिरहेको छ ।

उनले अफगानिस्तानको तामाको ठूलो खानि चीनलाई हस्तान्तरण गर्न सक्ने संकेत गरे । मुजाहिदले चीनले अफगानिस्तानको खानीलाई आधुनिकीकरण गर्ने बताएका छन् ।

मुजाहिदले महिलालाई विश्वविद्यालयमा पढ्ने अनुमति हुने, नर्स र प्रहरीमा पनि काम गर्न सक्ने बताएका छन् । यद्यपि उनले महिलालाई कुनै मन्त्रालयको जिम्मेवारी भने नदिइने बताएका छन् । तालिबानले रुससँग पनि आफूहरुको राजनीतिक तथा आर्थिक सम्बन्ध रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?