चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २१ भदौ । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ ।

Advertisement

जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उनको निधन भएको सोमबार पुष्टि गरेको छ । “चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खबरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनका परिवारजन र निकट मित्रहरूप्रति मन्त्रालयले सहानुभूति व्यक्त गरेको छ । बेइजिङ खटाउनु अगाडि उनी चान्सलर एंगेला मर्केलको विदेश मामिला सल्लाहकार रहेका थिए । चर्चित वरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?