चितवन पुगेर प्रचण्डले लोपउन्मुख बोटे जातिको घरमा खाना खाँदै दिए नयाँ सन्देश

  • Avatar
    admin

    April 11, 21 11:50 am

  • Comments

चितवन, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका–२२ बोटे टोलको लोपउन्मुख बोटे जातिको घरमा गएर खाना खाएका छन् ।

Advertisement

उनले लोपोन्मुख बोटे जातीको घरमा पुगेर खाना खाएका छन् । गृहजिल्ला चितवन पुगेको समयमा प्रचण्डले आइतवार भरतपुर महानगरपालिका २२ स्थित एक बोटे अगुवाको घरमा खाना खाएका हुन् ।

भरतपुर महानगरकी मेयर रेणु दाहालसँग विकास निर्माणको अवलोकनपछि प्रचण्डले बोटे समुदायको घरमा पुगेर बिहानको खाना खाएका अखिल क्रान्तिकारीका नेता गोपाल कृष्ण न्यौपानेले जानकारी दिए ।

प्रचण्ड आइतवार जिल्लाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागि भएका छन् ।