चार वर्षीया बालिकाप्रति यौन दुराचार

  • Avatar
    admin

    October 21, 20 8:59 am

  • Comments

बझाङ, ५ कात्तिक । बझाङमा एक ४ वर्षीया बालिकाप्रति यौन हिंसा भएकी छन् । बालिकालाई झाडीले छेकिएको सुक्खा खालि ट्याङ्कीभित्र लगेर यौनदुराचार गरी संवेदनशील अंग चलाएको भन्दै खप्तडछान्नाका एक किशोरविरुद्ध मुद्दा परेको छ ।

advertisement

Advertisement

जिल्लाको खप्तडछान्ना गाउँपालिका -६ का एक किशोरले गोठालो गएकी चार वर्षीया बालिकालाई ललाइफकाई बालिकाको संवेदनशील अंग चलाएको भन्दै अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । यही कात्तिक २ गते बेलुका ४ बजे घट्टेबगर भन्ने ठाउँमा गोठालो गएको आकाशे सिँचाइ खानेपानी आयोजनाको ट्याङ्कीभित्र लगेर बालिकामाथि यौनहिंसा गरिएको प्रहरीले जनाएको छ ।

बेलुकी ४ बजेसम्म पनि बालिका घर नफर्किएपछि बालिकाकी दिदी नाता लाग्नेले घट्टेबगरमा खोज्दा नभेटिएपछि किशोरलाई बोलाउँदा आकाशे सिँचाइ खानेपानी आयोजनाको सुख्खा ट्यांकीबाट निस्किएको र बालिका कहाँ छ भनी सोध्दा थाहा छैन भन्ने जवाफ दिएको जनाइएको छ । किशोरले थाहा छैन भन्ने जवाफ दिएपछि बालिकाकी दिदीले आशंका गरी ट्याङ्कीभित्र हेर्दा बालिका नाङ्गै अवस्थामा रोइरहेको फेला परेको प्रहरीको भनाइ छ ।

बालयौन दुराचार गरेको भन्दै ती किशोरलाई प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको बझाङ प्रहरी प्रमुख तथा डिएसपी रुपक खड्काले जानकारी दिनु भयो ।