January 17, 21 7:42 am
गुल्मी, ४ माघ। गुल्मीका एक व्यक्ति घाँस काट्न निस्केका मृत अवस्थामा फेला मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटाका अन्दाजी ४५ वर्षीय तुलबहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपाप्क्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
बिहान घरबाट घाँस काट्न हिँडेका विक लामो समयसम्म घर नफर्केपछि आफन्तले खोज्ने क्रममा गुल्मीदरवार गाउँपालिकाको वडानम्बर–१ बरेवाखोलामा मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।
विकको शवमा केही चोट देखिएकाले पोष्टमार्टम रिपोर्टपछि मात्रै थप जानकारी आउने डिएसपी पाण्डेले बताए । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।