घरमै आएर १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एक जना पक्राउ

  • Avatar
    admin

    January 13, 21 9:43 am

  • Comments

वैतडी, २९ पुष । बैतडीमा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।

Advertisement

घटनामा संलग्न अर्का एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामुहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।