‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’मा माघ २४ मा ‘स्टार क्रिकेट २०२१’ आयोजना गरिने

  • Avatar
    admin

    January 31, 21 7:08 am

  • Comments

काठमाडौँ, १८ माघ । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’मा माघ २४ गते ‘स्टार क्रिकेट २०२१’को आयोजना हुने भएको छ ।

Advertisement

शनिबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले क्रिकेट समेत खेलेका थिए । गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गर्ने भएको छ ।

नेपाली चलचित्र, सांगीतिक क्षेत्र र खेलकुद क्षेत्रका ४० भन्दा बढी सेलिब्रिटीहरुले २४ गते क्रिकेट खेल्नेछन् । यो प्रतियोगीतामा २ टिम तयार पारिएको छ । दुई समुहलाई सिताराम कट्टेल र कुञ्जना घिमिरेले नेतृत्व गर्ने भएका छ ।

एक दिवसिय मैत्रीपूर्ण प्रतियोगीतामा दयाहाङ राई, प्रमोद खरेल, सन्दिप क्षेत्री, दीपक बिष्ट, श्रृङ्खला खतिवडा, बेनिशा हमाल, संगीना बैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी लगायतले क्रिकेट खेल्नेछन् ।

पत्रकार सम्मेलनमा उपस्थित कलाकार तथा खेलाडीहरुले रोचक खेल हेर्न सबैलाई आग्रह समेत गरेका छन् ।