गृहमन्त्री थापा बालुवाटारबाट हेलिकोप्टर चढी उम्मेदवारी दर्ता गर्न हेटौँडा पुगे

  • Avatar
    admin

    May 7, 21 7:21 am

  • Comments

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय सभाको उप निर्वाचनको उम्मेदवारी दर्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडातर्फ लागेका छन् ।

Advertisement

आज बसेको स्थायी कमिटीको बैठकले निर्णय गरे लगत्तै बादल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न हेटौडा पुगेका छन्। गृहमन्त्री थापा प्रधानमन्त्री निवासमा रहेको हेलिकप्टरबाट सिधै हेटौँडा गएका हुन्।

प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहालले सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै भनेका छन्, ‘फ्लाइङ टू हेटौँडा’

यस अघि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग, बागमती प्रदेश कार्यालयमा विहान साँढे १० बजे मनोनयन दर्ता गरेका छन्।