गायक प्रकाश सपुतलाई कोरोना सङ्क्रमण

  • Avatar
    admin

    April 30, 21 8:31 am

  • Comments

काठमाडौँ, १७ वैशाख । गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ ।

Advertisement

उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’

प्रकाशले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् ।