गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएर फर्किए

  • Avatar
    admin

    April 7, 21 11:38 am

  • Comments

काठमाडौँ, २५ चैत। गण्डकी सरकारमा सहभागी माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएर फर्किएका छन्। आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।

Advertisement

माओवादी संसदीय दलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

आज माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आफूहरू दुवै जनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको चुमानले बताए ।

तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरे ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चुमानले वर्तमान विडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए ।

उनले भने, ‘पछिल्लो राजनीतिक परिस्थितिमा आजबाट हामी सरकारमा रहेनौँ। संसद्को हैसियतमा फर्किएका छौँ । आजै मुख्यमन्त्रीज्यूकहाँ पुगेर राजीनामा बुझायौँ ।’