गठबन्धनले काँग्रेस कमजोर नभएको प्रधानमन्त्री देउवाको दाबी

`

     २०७९ वैशाख ३० गते १०:५२
  • 26
    Shares

काठमाडौँ, बैशाख ३० । प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।

उनले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताए । ‘निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भएका छन्। स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण थियो । अहिले निर्वाचन भएको छ,’ उनले भने ।

देउवाले गठबन्धनले काँग्रेस कमजोर नभएको बताए । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनले चुनावमा पनि तालमेल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?