क्रिस्टियानो रोनाल्डो १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी बने

  • Avatar
    admin

    September 9, 20 4:04 am

  • Comments

एजेन्सी, २४ भदौ । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गरेका छन् । उनी १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् ।

Advertisement

उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो । युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे ।

advertisement

त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् । दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए ।