क्याम्पसअगाडि विद्यार्थीले नारा लगाए, हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ

  • Avatar
    admin

    February 28, 21 10:43 am

  • Comments

काठमाडौँ, फागुन १६ । नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बिरुद्ध उभिएपछि विद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन ।

Advertisement

प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो समूह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सबैभन्दा बढी सजिलो हुने अभिव्यक्तिलाई दिनुभएको थियो । प्रचण्डको सो अभिब्यक्ति भारतीय दलालीको नांगो रुप रहेको भन्दै शनिवारबाटै विद्यार्थीहरूले विरोध प्रदर्शन अघि बढाएका थिए ।

शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौँ अगाडि प्रदर्शन गरेका विद्यार्थीले आज काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पनि विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दह्रो समर्थन पनि गरेका छन । प्रधानमन्त्री नेपालको हित हेर्ने, प्रचण्ड भारतको हित हेर्ने भन्दै विद्यार्थीहरुले अव नेपालमा भारतीय दलालहरुको पछि कोही लाग्न नहुने अपिलसमेत गरेका छन ।