January 13, 21 3:43 am
एजेन्सी, २९ पुस । अमेरिकाको संसद भवनमा भएको आक्रमणको घटनामा संलग्नहरूविरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
अमेरिकी न्याय मन्त्रालय र सङ्घीय जाँच ब्युरो (एफबीआई) ले उनीहरुविरुद्ध अनुसन्धान अघि बढाएको छ । अधिकारीहरूले हिंसासँग सम्बन्धित एक लाख डिजिटल प्रमाणहरू नागरिकहरूबाट प्राप्त गरेको जनाएका छन्।
वासिङ्टनस्थित संसद् भवन रहेको क्यापिटल भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हङ्गामा मच्चाएका थिए। त्यसक्रममा पाँचजनाको ज्यान गएको थियो।
घटनामा संलग्न भएको आरोपमा १६० जनाभन्दा धेरैविरुद्ध फौजदारी अनुसन्धान सुरु गरिएको बताइएको छ।
कोलम्बियाका कार्यवाहक महान्यायाधिवक्ता माइकल शेरवीनले उनीहरूविरुद्ध आक्रमण र विद्रोहको षड्यन्त्र लगायतका अभियोग लगाइन सक्ने जानकारी दिए।
ती अभियोगमा २० वर्षसम्म जेल सजाय हुनसक्छ। अभियोग लगाइनेहरूको सङ्ख्या सैयौँ पुग्न सक्ने उनको भनाइ छ। बीबीसीबाट