कोरोनाबाट होटल संघका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन

  • Avatar
    admin

    November 20, 20 8:30 am

  • Comments

काठमाडौं, ५ मंसिर । कोरोना भाइरस संक्रमणका कारण होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

Advertisement

७० वर्षीय शाक्यको उपचारका क्रममा आज (शुक्रबार) बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हो ‘हान’ ले जानकारी दिएको छ ।

advertisement

सोल्टिमोडस्थित अमर होटलका सञ्चालक शाक्यलाई दशैंपछि कोरोना संक्रमण पुष्टि भएको थियो । निमोनियाँ देखिएपछि उनलाई ओम अस्पताल भर्ना गरिएको थियो । तर उपचार गर्दागर्दै उनको निधन भएको हो । उनका एक छोरा डाक्टर हुन् ।

छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ओम अस्पतालमा भर्ना भएका थिए ।