कोरोनाका कारण विश्वभरी ११ लाख भन्दा बढीको मृत्यु

  • Avatar
    admin

    October 16, 20 9:32 am

  • Comments

एजेन्सी, ३० असोज । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभरी अहिलसम्म ११ लाख तीन हजार ३७९ जनाको मृत्यु भएको छ ।

advertisement

Advertisement

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार विश्वभरी सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार ४३६ पुगेको छ । कुल सङ्क्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको तथ्याङ्क रहेको छ।

 

विश्वभरी अहिले पनि ८७ लाख ६ हजार २२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । जस मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार ९०६ जनाको अवस्था गम्भीर रहेको बताएको छ । सङ्क्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना सङ्क्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ । त्यसैगरी भारतमा ७३ लाख ७० हजार ४६८ जना सङ्क्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ । ब्राजिलमा सङ्क्रमितहरुको संख्या ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिसमा सङ्क्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोनाभाइरस अहिले विश्वका २१६ देशमा फैलिन पुगिसकेका छन्।