कोरोनाका कारण विराटनगरमा दुईजना मृत्यु

  • Avatar
    admin

    October 23, 20 7:38 am

  • Comments

विराटनगर, ७ कात्तिक । विराटनगरको नोबेल मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया महिला र मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएका छन् ।

advertisement

Advertisement

शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको नोबेल मेडिकल कलेज विराटनगरका प्रवन्धक नारायण दाहालले जानकारी दिनु भयो । उनका अनुसार ती पुरुषमा फोक्सो र मिर्गौला सम्बन्धी समस्या रहेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी ५ कात्तिक विहान भर्ना भएका थिए । त्यस दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो ।

शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । दाहालका अनुसार महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । त्यसै दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतकमा श्वासप्रश्वास र मधुमेह सम्बन्धी रोगको पनि समस्या रहेको थियो ।