केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहे, अब चौथो पटक हटाउँदै छौँ : प्रचण्ड

  • Avatar
    admin

    April 11, 21 12:52 pm

  • Comments

काठमाडौँ, २९ चैत। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली ‘लाज पचाएर’ पदमा बसिरहेको टिप्पणी गरेका छन् । आइतबार गृहनगर चितवनमा पत्रकारसँग कुरा गर्दै उनले ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै हटाउने बताएका छन्।

Advertisement

प्रचण्डले तत्कालीन नेकपाको संसदीय दलको बैठकले ओलीलाई हटाएर आफूलाई दलको नेता बनाउँदा उनको पद स्वतः गएको, दुईतिहाइ बढीले हस्ताक्षर गरेर पार्टी सदस्यबाट हटाउँदा र संसद् विघटनविरुद्ध सर्वोच्चको फैसलाले ओलीको प्रधानमन्त्रीको पद गुमेको बताए ।

उनले भने, २९ चैत । ‘अदालतले फैसला गरेपछि तुरुन्तै प्रधानमन्त्रीबाट हट्नुपर्छ ।, दुनियाँको कोही पनि मान्छे बसिराख्दैन । तीनपटक हामीले प्रधानमन्त्रीलाई हट्नैपर्ने स्थितिमा पुर्‍यायौँ । तर, विडम्बना भन्नुपर्छ, केपीचाहिँ बसिरहेकै छन् । प्रधानमन्त्रीमा अब हामी फेरि चौथोपटक उहाँलाई हटाउँदै छौँ ।’

केही दिनमा नै ओलीलाई हटाउने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने उनको भनाइ छ।