किताब होइन मोबाइल र ट्याब बोकेर स्कुल जान्छन् बुटवलको एक विद्यालयका विद्यार्थीहरु

  • Avatar
    admin

    March 18, 20 7:14 am

  • Comments

बुटवल, ५ चैत्त । बुटवलको एक विद्यालयका विद्यार्थीहरु मोबाइल र ट्याब बोकेर जान्छन् ।

Advertisement

विद्यार्थीहरुले कक्षामा विषय शिक्षक प्रवेश गर्नासाथ झोलाबाट कापी–कलमसँगै ट्याब झिकेपछि पढाइ सुरु हुन्छ। बुटवलको सहिद स्मारक बोर्डिङ स्कुलले यसरी प्रविधिको प्रयोगबाट बालबालिकालाई स्मार्ट शिक्षा प्रदान गरेको हो ।

advertisement

सहिद स्मारक बोर्डिङ स्कुलले विगत दुई वर्षदेखि डिजिटलाइज्ड शिक्षण पद्दति अपनाउँदै आएको स्थानीयले बताए । कक्षा ६ देखि १० लाई बुकलेस (किताबरहित) बनाई डिजिटल माध्यमबाट पढाउँदै आएको विद्यालयले जनाए ।