काठमाडौं महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउँछु – सिर्जना सिंह

`

     २०७९ वैशाख १७ गते ७:३४
  • 32
    Shares

काठमाडौं, बैशाख १७ । शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवी पेशाकर्मी परिचालक समिति, काठमाडौँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू मेयरमा विजयी भएमा काठमाडौँ महानगरपालिकालाई भ्रष्टाचारको दुर्गन्धबाट मुक्त गराउने बताएकी छन्। सत्तारुढ गठबन्धनको काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धता व्यक्त गरेकी हुन्।

मेयरको उम्मेदवार सिर्जना सिंहले डिजिटल प्रविधि अपनाएर घरैबाट जनताले सेवा लिने व्यवस्था गर्न पनि आफू लागिपर्ने बताइन् । उनले भनिन्, ‘मेरो पहिलो प्रतिबद्धता भनेको सुशासन हो । घर भित्र फोहोर छ भने बाहिर सफा भएर केही हुँदैन । त्यसकारण मेरो पहिलो प्राथमिकता सुशासन हुन्छ । त्यसका लागि मैले भ्रष्टाचारमुक्त महानगरपालिका बनाउनु पर्नेछ । आईटीको जमाना छ । डिजिटल प्रविधि अपनाएर जनताको काम घरबाट हुने व्यवस्था गर्नेछु । महिलाहरूको समस्या बुझेकाले तत्काल समाधान गर्न पहल गर्नेछु ।’

सुरुमा मेयरका लागि नेपाल महिला सङ्घ, काठमाडौँले प्रस्ताव गर्दा आफ्नो श्रीमान् प्रकाशमान सिंहलाई थाहा नै नभएको उनको दाबी थियो । गणेशमान, मङ्गलादेवी सिंहको बुहारी र प्रकाशमान सिंहको श्रीमती भएको नाताले मात्रै आफू मेयरको उम्मेदवारी नभएको सिंहले बताइन् । सिंहले आफूलाई नेपाली काँग्रेसले सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?