काठमाडौंमा विद्यालय खोल्ने तयारी

`

सर्बोच्च संवाददाता

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए ।

‘प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौं । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?