काठमाडौँ उपत्यकाको सीडीओहरूबीच छलफल, निषेधाज्ञा फेरि थप गर्ने तयारी

  • Avatar
    admin

    June 11, 21 6:56 am

  • Comments

काठमाडौँ, २८ जेठ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ ।

Advertisement

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

कोरोना संक्रमण दर अहिले पनि खासै घट्न नसकेको देखिएकाले निषेधाज्ञा कायमै राख्नुपर्ने सुझाव आएको काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार निषेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको छ ।