काँग्रेस सङ्कटमा हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहँदैन : सभापति देउवा

  • Avatar
    admin

    April 7, 21 8:00 am

  • Comments

काठमाडौँ, २५ चैत । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् ।

Advertisement

बुधवार स्वर्गीय नबीन्द्रराज जोशीको निधन भएको १३ औ दिनको पुण्यतिथीमा पार्टी कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले नेताहरूले पार्टी सङ्कटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरूमा बोलेको विषयलाई खण्डन गर्दै उनले पार्टी कहिले पनि सङ्कटमा नरहेको तर्क गरेका हुन् ।

उनले पार्टीका नेता कार्यकर्तालाई आफैँले आफैँलाई कमजोर नबनाउन पनि आग्रह गरेका छन् ।

उनले भने, ‘यहाँ दोहोरी खेल्ने कुरा छैन । नेपाली काँग्रेस सङ्कटमा हिजो पनि थिएन। आज पनि छैन । भोलि पनि रहँदैन । नेपाली काँग्रेसको ऐतिहासिक जिम्मेवारी र भूमिका छ । यसलाई सबैले निभाउँदै गएका छौँ । पार्टी जीत हारले सङ्कटमा नभई धेरै पटक हामी हारेका छौँ । धेरै पटक जितेका पनि छौँ । त्यसै कारण हामीले डिमोरलाईज हुने काम छैन । आफैले आफैलाई कमजोर गर्ने काम पनि छैन । त्यसैले हाम्रो पार्टी सङ्कटमा छैन । ‘

त्यस्तै कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वर्गीय जोशीको असामयिक निधनले पार्टीमा अपूरणीय क्षति पुगेको बताए । उनले स्वर्गीय जोशीले थालेका कामलाई सबै मिलेर सम्पन्न गर्नुपर्नेमा पनि जोड दिएका छन् ।