कविता : देश रोएको बेला

  • घनश्याम श्रेष्ठ

    June 8, 20 12:24 pm

  • Comments

अनेक कुरा खेल्छन् मनमा, देश रोएको बेला !
बैरी बनि छिमेकीले नै अलि अलि गर्दै, देश छोएको बेला !!

Advertisement

कसैले भन्छ हिमाल मेरो, कसैले भन्छ पहाड !
उम्लि आउँदा तातो रगत, उठला फेरी गोर्खली डहाड !!

सुति बस्छन्, भुलि सारा, ठूला, कुरा गर्दै राष्ट्रबाद !
सँधियारले सिमा मिचे, खै कसैले गर्दैनन् किन, प्रतिबाद !!

advertisement

रुदै छिन् नेपाल आमा, पराईले छाती छोए को बेला !
धिक्कार्दै छिन् ती कपुतलाई, आसुँले मुहार धोएको बेला !!

बालक बृद्ध नभनि अबला, आयो अब उठ्ने बेला !
जुटौँ अब एक भइ, चुटौँ अब, भयो बैरी चुट्ने बेला !!

खिया लागे कि सिरुपाते खुकुरी, सिमाना मिचेको बेला !
बैरी बनि छिमेकीले नै आत्म सम्मान थिचेकाे बेला !!

अनेक कुरा खेल्छन् मनमा, देश रोएको बेला !
बैरी बनि छिमेकीले नै अलि अलि गर्दै, देश छोए को बेला !!