कर्नाटकका पूर्व मुख्यमंत्री तथा विपक्षी नेता सिद्धारमैयामा पनि कोरोना संक्रमण देखियो

  • Avatar
    admin

    August 4, 20 4:12 am

  • Comments

एजेन्सी, २० साउन । भारतको कर्नाटकका पूर्व मुख्यमन्त्री तथा व्यवस्थापिकाका विपक्षी दलका नेता सिद्धारमैया कोरोना संक्रमित भएका छन्। उनले आफू कोरोनाको सिकार भएको ट्वीटरमार्फत भनेका हुन् ।

Advertisement

सिद्धारमैयाले ट्वीटरमा कोरोना टेस्टमा सकारात्मक देखिएको र डाक्टरको सल्लाहमा सावधानीको रूपमा अस्पतालमा भर्ना भएको लेखेका छन् । उनले सम्पर्कमा आएका व्यक्तिलाई पनि संक्रमणका लक्षणहरू जाँच्न र आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

यस अघि कर्नाटकका मुख्यमन्त्री बी एस येदियुरप्पाले आइतबार उनमा कोरोना संक्रमण भएको बारेमा पनि जानकारी दिएका थिए ।