कतारको विश्वकपको लागि टर्कीले ३ हजार २५० सुरक्षाकर्मी पठाउँदै

`

     २०७८ माघ ०५ गते ९:०८
  • 52
    Shares

एजेन्सि, ५ माघ । टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ ।

गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।

मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे ।

अन्य खाडी मुलुकहरूसँग विवाद हुँदा टर्कीले कतारलाई समर्थन गरेको थियो । दुई पक्षले व्यापारिक, सैनिक र आर्थिक क्षेत्रमा सहकार्य गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?