ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपरौँ : माधव नेपालले

  • Avatar
    admin

    May 7, 21 6:10 am

  • Comments

काठमाडौँ, २४ वैशाख। नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् ।

Advertisement

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन् । नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहेको उनको भनाइ छ ।

०७७ फागुन २८ गते र तत्पश्चात बसेका बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने र ०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटमलाइन भएको उनको आग्रह छ ।

उनले समाजिक सञ्जाल फेसबुकमा यस्तो उल्लेख गर्दै भने, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौँ । किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ । तर, अहिले्सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौँ।