February 23, 21 6:39 am
काठमाडौं, ११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन रहेको छ । उनलाई नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।
उनले ओलीलाई आइरन स्टाण्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व, लोकप्रियस, सबल र अटल नेतृत्वको संज्ञा दिएका छन् ।