एमालेलाई सरकारबाट हटाउने मुख्य षड्यन्त्र माधव नेपालले गरे : ओली

`

सर्बोच्च संवाददाता

काठमाडौँ, २९ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेकपा एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव कुमार नेपालले नै गरेको दावी गरेका छन् ।

Advertisement

मंगलबार झापामा जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सरकारबाट हटाउने षडयन्त्रको मुख्य नेतृत्व माधव नेपालले नै गरेको दावी गरेका हुन् ।

ओलीले भने, ‘खासगरी हामी सरकारबाट हट्ने कुरा अरु कसैले भन्दा पनि अरु कसैले केही गरेर पनि हटाउन सक्ने थिएनन्, एमालेलाई सरकारबाट हटाउने, विद्रोही बागी बनाउने, एमालेको निधारमा अनुशासनहीनता र अराजकताको कालो टीका लगाइदिनेजस्ता कामहरुको नेतृत्व माधव नेपालले गरेका हुन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?