एनभीए क्लब लिग भलिबलमा महिलातर्फ पुलिसको लगातार तेस्रो जितको हात

  • Avatar
    admin

    April 4, 21 8:45 am

  • Comments

काठमाडौँ, २२ चैत। नेपाल पुलिस क्लबले पाँचौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ लगातार तेस्रो जित हात पारेको छ ।

Advertisement

त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा आइतबार भएको खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सेटमा पराजित गरेका हुन् ।

पुलिसले ढोरपाटनलाई २५–५, २५–९, २५–५ ले जित्यो । लगातार तेस्रो जितपछि ३ खेलबाट ८ अंक बटुलेर पुलिस शीर्ष स्थानमा उक्लेको छ । ढोरपाटनको यो लगातार चौथो हार हो ।

अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा हराएको छ । आर्मीले भरतपुरलाई २५–९, २५–८, २५–१३ को सेटमा पराजित गरीएका हुन् ।