एचएलए परीक्षण अब नेपालमा सहज हुँदै

`

     २०७८ फाल्गुन २६ गते २:५२
  • 31
    Shares

काठमाडौँ, २६ फागुन । कुनै दाताले दिएको मृगौला अर्को मान्छेको शरीरले लिन्छ कि लिँदैन, उसको शरीरले लिएको मृगौला फाल्नसक्ने अवस्था कति छ भनेर जाँच्ने एक किसिमको परीक्षण नै एचएलए हो भने मृगौलाको प्रत्यारोपण गर्दा अनिवार्य चाहिने अंगको क्रस म्याच गर्ने मेसिनलाई एचएलए भनिन्छ।

विगतमा मृगौला प्रत्यारोपणका लागि एचएलए परीक्षण गर्न भारत पठाउनुपर्थ्यो। त्यसका लागि कम्तिमा ५,७ दिन समयको साथमा परीक्षण खर्च पनि ८०-९० हजार लाग्थ्यो।

यो परीक्षण गर्ने मेसिन नेपालमै आएपछि आधा भन्दा कम खर्चमा २४ घन्टामै रिपोर्ट पाइन्छ। अर्थात ब्रेन डेथ भएका व्यक्तिको अंगसमेत अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ।

कुन बिरामीमा ब्रेन डेथ भएको व्यक्तिको अंग मिल्छ त्यसको परीक्षण हुनुपर्छ। ब्रेन डेथ बिरामी भएका व्यक्तिको अंग कुन व्यक्तिलाई दिने भनेर त्यसको प्राथमिकता निर्धारण पनि एचएलए नै गदर्छ ।

एचएलएको धेरै प्रयोग मृगौला प्रत्यारोपण गरिन्छ। मृगौला प्रत्यारोपणमा यो अनिवार्यनै छ।

मानव अंगको प्रत्यारोपण सेवा विस्तार गर्ने, ब्रेन डेथ भएका व्यक्तिको अंग अरूलाई प्रत्यारोपोण गर्ने लगायतका जिम्मेवारी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र हो। केन्द्रले ९ वर्ष वर्षको अवधिमा ७ सय २९ जना विरामीमा मृगौला प्रत्यारोपण गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?