एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि दुर्व्यवहार

`

     २०७९ वैशाख ३० गते १:४२
  • 2
    Shares

काठमाडौँ, ३० वैशाख । मतदान गर्न रौतहट गएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार भएको छ।

अध्यक्ष नेपाललाई चोरको नाम दिदैँ मतदाताले नारा लगाएपछि तनाव उत्पन्न भएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए ।

एमालेको नेता कार्यकर्ताले नारा जुलुस गर्दै दुर्व्यवहार गरेको हुन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?