उपत्यकामा थप ३ हजार ८ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • Avatar
    admin

    May 4, 21 12:05 pm

  • Comments

काठमाडौँ, २१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जसमा काठमाडौंमा २ हजार ७७९ जना, भक्तपुरमा ५१३ जना र ललितपुरमा ६०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

मंगलबार देशभर ७ हजार ५ सय ८७ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको १६ हजार १ सय ३१ पीसीआर परीक्षणबाट ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

२४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।