उपत्यकामा थपिए २ हजार ७२० जनामा संक्रमित

  • Avatar
    admin

    October 23, 20 11:30 am

  • Comments

काठमाडौं, ७ कात्तिक। छिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ७२० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

advertisement

Advertisement

देशभरका १६ हजार ८६३ नमुना परीक्षण गर्दा ४ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको छ । थपिएकमा १ हजार ६९० महिला र २ हजार ८०९ पुरुष रहेका छन्।

योसँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । थप १७ जनाको मृत्यु भएसँगै कुल ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिए ।

हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित रहेका छन् ।