उज्यालो अनलाईन नेटवर्कका सम्पादक तामाङ कार्यालयबाटै पक्राउ

  • Avatar
    admin

    April 25, 21 10:36 am

  • Comments

काठमाडौँ, १२ वैशाख। प्रहरीले उज्यालो अनलाईन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङलाई पक्राउ गरेको छ । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर तामाङलाई पक्राउ गरीएको हो ।

Advertisement

उनलाई पक्राउ गर्ने सम्बन्धमा प्रहरीले आईतबार नै पूर्जी जारी गरेको थियो । विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा अनुसन्धान गर्न तामाङलाई ०७८ बैशाख ६ गते नै पक्राउ गर्न अदालतले अनुमति दिएको जनाइएको छ ।

तामाङ कार्यकारी सम्पादक रहेको उज्यालो अनलाईनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्ने समाचार प्रकाशन गरेको थियो । सो समाचारमा तथ्य पुष्टि नभएको भन्दै उनलाई प्रहरीले कार्यलयमै पुगेर नियन्त्रणमा लिएको हो ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टीकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।