आहा रारा गोल्ड कप : सङ्कटा सेमिफाइनलमा

  • Avatar
    admin

    April 5, 21 1:06 pm

  • Comments

पोखरा, २३ चैत । सिएमजी सङ्कटा क्लब पोखरामा जारी आहा रारा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

पोखरा रङ्गशालामा मङ्गलवार भएको खेलमा पाहुना टोली नारायणगञ्ज फुटबल क्लब बङ्गलादेशलाई २–० ले पराजित गर्दै सङ्कटाले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

आहा रारा कपको १९ औँ संस्करणसम्म आइपुग्दा मनाङ मर्स्याङ्दी पहिलो पटक सङ्कटासँग पराजित भएको हो । डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दीले ६ पटकसम्म यो प्रतियोगिताको विजेता हो ।

सोमबारको तेस्रो क्वाटर फाइनलमा सङ्कटा र मर्स्याङ्दी खेल्दा अब अन्तिम क्वाटर फाइनल भने थ्री स्टार र नेपाल पुलिस खेल्नेछन् । यही चैत २८ सम्म पोखरा रङ्गशालामा हुने प्रतियोगिताका विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।

यस अघि आइतबारको खेलमा अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनको टोलीसँग २–१ ले पराजित भएसँगै मच्छिन्द्र क्लब बाहिरिएको थियो ।

शनिवारको उद्घाटन खेलमा एपीएफ आयोजक सहारालाई १–० ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।