आमिर खानलाई कोरोना संक्रमण पुष्टि

  • Avatar
    admin

    March 24, 21 9:54 am

  • Comments

एजेन्सी, ११ चैत । बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि भएको छ । संक्रमित भएपछि उनी घरमै क्वारेन्टिनमा बसेका छन्।

Advertisement

कोरोना पुष्टिभएसँगै होम क्वारेन्टाइनमा रहेका उनले हालसालै आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको द टाइम्स अफ इन्डियाले जनाएको छ ।

अमिरले आफ्नो जन्मदिनदेखि सामाजिक सञ्जालबाट ब्रेक लिएका थिए ।

उनले लेखेका छन, ‘मलाई जन्मदिनको शुभकामना दिनुहुने सबैमा आभार । अब यो नै सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हुनेछ । अब म सामाजिक सञ्जाल चलाउन बन्द गर्छु ।’

आमिर ‘लालसिंह चड्ढा’ मा करिना कपुर खानसँग देखिँदैछन् ।