आज नेपाल र ओमान खेल्दै, नेपाललाइ पाँचौ स्थानमा उक्लिने अवसर

`

सर्बोच्च संवाददाता

काठमाडौँ, ३ असोज । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत आज नेपालले ओमानविरुद्ध सवा ४ बजे खेल्दै छ । यो खेल नेपाको चौथो खेल हो

Advertisement

नेपालले यस अघि अमेरिकासंग १ मा जित निकाल्दा १ मा हारेको थियो भने ओमानविरुद्धको खेलमा पनि हार बेहोरेको थियो ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।

नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा रहेको छ ।

अंक तालिका हेर्नुहोस

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?