आज जोर्डन विरुद्ध नेपाल भिड्दै

  • Avatar
    admin

    June 7, 21 8:21 am

  • Comments

काठमाडौँ, । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।

Advertisement

खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार साँझ ९:४५ बजे सुरु हुनेछ ।

समूह चरणको ६ खेलमा ६ अंक रहेको नेपाल र ६ खेलमा १० अंक बटुल्दै समूहको तेस्रो स्थानमा रहेको जोर्डानबीचको खेल कुवेतमा हुनेछ । तुलनात्मक रुपमा नेपालभन्दा बलियो टोली जोर्डानबी यस अघि भएको ३ खेलमा कुनैमा पनि नेपालले जित नकाल्न सकेको छैन । दुई राष्टबीच भएको खेलमा १–१ गोलको बराबरी नेपालका लागि सबैभन्दा राम्रो नतिजा हो ।

पहिलो लिगमा ३–० गोल अन्तरले पराजित भएको नेपालको आजको लक्ष्य जोर्डानलाई पराजित गर्दै एसिया कपको तेस्रो चरणको छनौटमा सोझै स्थान बनाउने रहने छ ।

उत्तर कोरियाले छनौट चरणको खेलहरु फिर्ता लिएसँगै समूहको पाचौँ  र छठौँ टोलिको अंक गणना नहुने भएसँगै नेपालले एसिया कपको तेस्रो चरणमा सोझै स्थान बनाउने नसक्ने अवस्था आएको हो ।