आचारसंहिता विपरीत तस्बिर सार्वजनिक गरेको भन्दै बाबुराम भट्टराईलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

`

     २०७९ वैशाख ३० गते ३:४०

काठमाडौँ, बैशाख ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

मतदान गरेको तस्वीर सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

शुक्रबार गोरखाको पालुङटा नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतमत्रमा स्वस्तिक चिन्ह लगाएपछि मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

निर्वाचन आचारसंहिता अनुसार मतदान गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।

आयोगले २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?