आईओएमद्वारा सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित

`

     २०७८ माघ ०९ गते ९:०३

काठमाडौँ, ९ माघ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षालाई स्थगित गरिएको छ ।

आएओएमकी डिन डा.दिब्या सिंहले कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा रोकिएको जानकारी दिएन् ।

‘कोरोनाको संक्रमण बढ्दो छ । कतिपय विद्यार्थी संक्रमित हुँदै गएका छन्,’ डा. सिंहले भनिन्, ’ भोलि देखि हुने भनिएको परीक्षा अहिलेको लागि स्थगित गरेका हौं ।’

माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित भएको उनले जानकारी दिइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?