अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता – प्रधानमन्त्री देउवा

`

     २०७९ वैशाख २४ गते २:०५
  • 3
    Shares

काठमाडौं,बैशाख २४ । शनिबार सत्ता गठबन्धनको बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। देउवाले भने, ‘अहिलेको संविधानले एउटै पार्टीले सरकार बनाउने सक्ने अवस्था छैन । विनागठबन्धन कसैको सरकार चल्दैन । गठबन्धन आवश्यक छ । गठबन्धन बनाउनु अनिवार्य छ । अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता हो । राष्ट्रले मागेको कुरा हो । यसलाई वर्षौंसम्म अगाडि लैजानुपर्छ ।’

प्रधानमन्त्री देउवाले भन्नुभयो ‘जनताले पाँच वर्षका लागि चुनेको संसद्लाई भंग गरिदिने । अहिलेको नेपालको जुन संविधान छ । यसमा प्रधानमन्त्रीले जथाभावी भंग गर्न पाउँदैन । तर ओलीजीले भंग गरिदिनुभयो। फेरि अदालतले न्याय गरेर पार्लियामेन्ट फिर्ता गरिदियो। तर चल्न दिनुभएको छैन।’ उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै ठूलो अत्याचार भएपछि गठबन्धन बनेको बताए। विरोध सहन नसकेर ओलीले पटकपटक संसद् भंग गरेको पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?