अस्ट्रियाका नागरिक पक्राउ

`

     २०७८ चैत्र ०२ गते ३:४४
  • 2
    Shares

काठमाडौँ, २ चैत्र । अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नरलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो।

प्याराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले बिनाअनुमति प्याराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।

जेल्नरसँग अष्ट्रियामा प्याराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ भने नेपालका लागि अनुमति नरहेको भारतीले बताए।

मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई कारबाहीका लागि नागरिक उड्डयन कार्यालय धनगढी पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?